खानेपानीको माग गर्दै आन्दोलनको घोषणा

  Sampatti News

February 6, 2022

काठमाडौं-काठमाण्डौ वडा वडा नं ३२ स्थित सहयोगी नगरका आमा समुह तथा स्थानियले आन्दोलनको घोषणा गरेका छन् ।

सहयोगी नगरका आमा समुह तथा स्थानिय खानेपानि संस्थान बिरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

खानेपानि संस्थानले समान रुपमा खानेपानी वितरण नगरेको भन्दै उनीहरु आन्दोलनमा जान बाध्य भएको आन्दोलन समितिकी अध्यक्ष मनमाया कार्कीले जनाएकी छिन् ।

मनमाया कार्कीको अध्यक्षतामा गठन भएको सात सदस्यीष् आन्दोलन समितिले विभिन्न माग राखी शनिवार मिनभवन खानेपानी संस्थानलाई ध्यानाकर्षण गरेको छ ।

खानेपानीको धारा जोडेको दश वर्ष देखी धारामा पानी नदिएको भन्दै झण्डै एक सय घरपरिवार आन्दोलनमा सहभागी भएका छन् ।

संस्थानले सोर्स फोर्स लगाउने घरमा मात्रै खानेपानी छोड्ने गरेको गुनासो अध्यक्ष कार्कीले गरिन् ।

संस्थान नसुध्रिएमा स्थानिय आमाहरुले पानीका खाली भाडा संस्थानलाई वुझाउने समेत चेतावनी दिए ।

आन्दोलन समितिले खाने पानीको माग गर्दै भोली सोमबार खानेपानी संस्थानमा धर्ना दिने कार्यक्रम तय गरेको समितिले जनाएको छ ।

प्रकाशित मिति:February 6, 2022