लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई

  Sampatti News

February 8, 2022

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई

बुटवल-मन्त्रिपरिषद् बैठकले लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डिराज भट्टराईलाइ नियुक्त भर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कोषमा रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईको कार्यकाल ५ वर्षको हुनेछ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका भट्टराईले समाजशास्त्रमा स्नातकोत्तर र कानूनमा पनि स्नातक गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सह इन्चार्ज समेत रहेका भट्टराई दुई दशकदेखि पत्रकारितामा समेत आबद्ध छन् ।

आफ्नो कार्यकालमा कोषमा आर्थिक पारदर्शिता र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने भट्टराईले बताएका छन् ।

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई

प्रकाशित मिति:February 8, 2022