चट्याङ लागेर एकजना महिलाको मृत्यु

  Sampatti News

April 10, 2022

काठमाडौं- आज आईतबार दिउँसो चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेकी छन् ।
घर नजिकै काम गरिरहेको अवस्थामा आज (आइतबार) दिउँसो १ बजे हावाहुरी र पानी सँगै परेको चट्याङमा परि घाइते भएकी थापालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति:April 10, 2022