कतारमा अवैधानिक रूपमा बसेकालाई स्वदेश फर्कने समय थपियो

  Sampatti News

April 12, 2022

काठमाडौं- दोहा–कतार सरकारले आममाफीको समयावधि पुर्न अप्रिल अन्तिमसम्म थपेको छ ।
कतारको आन्तरिक मन्त्रालयले कानुन उल्लङ्घन गरी बसेका आप्रवासीहरूको अवस्थालाई वैधानिक भएर बस्न वा बिना जरिवाना मुलुक छोड्न दिएको समय अवधि ३० अप्रिलसम्म थपिदिएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कानुन उल्लङ्घन गर्ने सबै प्रवासीहरूले खोज तथा अनुगमन विभागमा सेटलमेन्ट आवेदन बुझाउनुपर्ने र एक रोजगारदाताबाट अर्को रोजगारदातामा सरुवा गर्न इच्छुक व्यक्तिले विभागमा आफ्नो निवेदन पेस गर्नुपर्ने जनाएको छ।
मन्त्रालयले अप्रिल ३० तारिखसम्म कानुन उल्लङ्घन गर्ने जोकोहीलाई दिउँसो १ बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको केन्द्रमा जान सुझाव दिएको छ ।

कतार सरकारले आममाफीको समय अवधि थप गरेसँगै अवैधानिक रूपमा बसेका थुप्रै नेपाली कामदार पनि लाभान्वित हुने अपेक्षा गरिएको छ। कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रूपमा कार्यरत छन्।

प्रकाशित मिति:April 12, 2022