आज राति मेघ गर्जन-चट्याङ्ग सहित वर्षाको सम्भावना

  Sampatti News

April 12, 2022

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभरकाका पहाडी भेगका आंशिक बदली रहेको तथा बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

आज राती देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ।

प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति:April 12, 2022