आजको मोसम कस्तो छ-कुन कुन स्थानमा वर्षाको सम्भावना

  Sampatti News

April 15, 2022

काठमाडौं -आज पनि जल तथा मौसम भिभागले देशभरका मौसमबारे विवरण सार्वजनिक गरेको छ ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति:April 15, 2022