थप १४ जनामा कोरोना संक्रमण पुष्टि-५५ जना संक्रमणमुक्त

  Sampatti News

April 15, 2022

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा ५५ जना सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

प्रकाशित मिति:April 15, 2022