काठमाडौं – पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले १३ जनाको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको सचिव होम नेपालीले जानकारी दिए ।
एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेलगायतले नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको नेकपा एकीकृत समाजवादी स्रोतले जानकारी दिएको छ