चट्याङ लागेर एक वृद्धको मृत्यु

  Sampatti News

April 20, 2022

काठमाडौं – मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मृत्यु भएका छन् , भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति:April 20, 2022