विवाह स्थलबाट लडेर पुरुषको मृत्यु

  Sampatti News

April 24, 2022

काठमाडौं -सल्यानमा लडेर ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
भल्चौरमा आफन्तको छोरीको विवाहमा गएका दार्मा गाउँपालिका ४ गलातका ५६ वर्षीय सप्तप्रकाश मल्लको शनिबार राति लडेर मृत्यु भएको हो ।

विवाह स्थलबाट उनी झन्डै ६ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

मृत्यु भएका मल्लको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका अनुसार मृत्यु भएका मल्लको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

प्रकाशित मिति:April 24, 2022