आज मंगलबार कति छ सुनको मुल्य ?

  Sampatti News

April 26, 2022

काठमाडौं – आज (मंगलबार) बजारमा सुनको मूल्य केहि घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोलामा ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:April 26, 2022