रुखबाट घाँस झार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

  Sampatti News

April 26, 2022

काठमाडौं – भोजपुरको भोजपुर नगरपालिका–१२ मोरीयामा करेन्ट लागि एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान पौने ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका–७ आरीखोला घर भई मोरीया बस्ने २५ वर्षीय गणेश थापाको करेन्ट लागेर मृत्यु भएको हो ।

्थापा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति:April 26, 2022