सातै प्रदेशमा खुला सभा गर्नेबारे जानकारी दिँदै : कांग्रेस

  Sampatti News

May 1, 2022

काठमाडौँ – नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको छ ।

आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी समितिले यही वैशाख २१ गते देखि वैशाख २७ गते सम्म आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिले सातै प्रदेशमा खुला सभा आयोजना गर्ने भएको छ ।

समितिले २१ गते प्रदेश १ को मोरङ, २२ गते मधेस प्रदेशको धनुषा, २३ गते बाग्मती प्रदेशको काठमाडौँ, २४ गते गण्डकी प्रदेशको कास्की, २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, २६ गते कर्णाली प्रदेशको सुर्खेत र २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुला सभा गर्ने निर्णय शनिबार गरेको थियो ।

प्रकाशित मिति:May 1, 2022