आज कतिले घट्यो सुनको मूल्य ?

  Sampatti News

May 1, 2022

काठमाडौं – सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३०० मा आएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:May 1, 2022