बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

  Sampatti News

May 1, 2022

काठमाडौं – पूर्वी चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो ।

दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको हो । आक्रमणमा पर्नुभएका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:May 1, 2022