सिरहामा समाजवादी पार्टीको प्रचार कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु

  Sampatti News

May 1, 2022

काठमाडौं- सिरहामा स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी (जसपा) पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ ।

सिरहाको नवराजपुर गाउँपालिका १ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो ।

चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति:May 1, 2022