श्रमिकलाई गरिखाने सुनौलो अवसर निर्माण गर्नु सबैको साझा दायित्व : प्रदेश प्रमुख शर्मा

  Sampatti News

May 1, 2022

काठमाडौं – बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गको हकहितको निर्माण पूरा गरी उनीहरुका लागि गरिखाने सुनौलो अवसर निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

एकसय तेत्तीसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले श्रमिकलाई दक्ष बनाउँदै उनीहरुलाई गरिखाने अवसर निर्माण गर्नका लागि सबैले जोड दिनुपर्ने बताउनुभएको हो ।

संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकको हकहित स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

मे दिवस श्रम क्षेत्रमा युगान्तकारी परिर्वतन ल्याएको उल्लेख गर्दै सन्देशमा उहाँले विश्वभर सञ्चालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिक वर्गको अतुलनीय भूमिका रहेको छ भन्नुभएको छ ।

प्रकाशित मिति:May 1, 2022