काठमाडौंकाे सडकमा मध्यरातमा स्कुटर दुर्घटना : चालकको मृत्यु

  Sampatti News

May 2, 2022

काठमाडौं – काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डडेल्धुराको अमरगडी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ बर्षीय केबिन श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा वीर अस्पतालमा राती पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बानेश्वरबाट बबरमहल आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर गएराती पौने १२ बजे अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको थियो ।

प्रकाशित मिति:May 2, 2022