मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट माग्दै

  Sampatti News

May 2, 2022

काठमाडौं-सिन्धुपाल्चोकमा वडा अध्यक्षका उम्मेदवारले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट माग्न थालेका छन् ।

सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागेका हुन् ।

चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेको समाचार स्रोतले बताएको छ ।

उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको बताइएको छ । मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।

प्रकाशित मिति:May 2, 2022