बिहीबार सुनचाँदीको मूल्य कतिले बढ्यो ?

Nepal Cover
२२ बैशाख २०७९, बिहीबार
image

काठमाडौं – लगतार घट्दै गएको सुनको मुल्य नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कायम भएको थियो । तेजावी सुन आज प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । त्यस्तै चाँदी १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।