आज सुनको मुल्य कतिले घट्यो ?

Nepal Cover
२३ बैशाख २०७९, शुक्रबार
image

काठमाडौं – आज शुक्रबार पनि सुनको मुल्य घट्को छ ।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यको हो ।बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै, आज सेतो धातु चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आजको चाँदीको खरिद बिक्री मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ ।