हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित

  Sampatti News

May 10, 2022

काठमाडौँ – सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा आज प्रकाशित गरेको छ ।
जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।
मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को तालिकामा कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।

प्रकाशित मिति:May 10, 2022