बुटवलमा पैसा बाँडेको भन्दै एमाले उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा

  Sampatti News

May 11, 2022

काठमाडौं – बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका छन् । सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको छ ।

प्रकाशित मिति:May 11, 2022