ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा कांगे्रसको अग्रता

  Sampatti News

May 15, 2022

काठमाडौं – ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांगे्रसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ । कांगे्रसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाउनुभएको छ ।

महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ । नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ मत र एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी वीना सुवेदी केसीले ४२२ मत र कांगे्रसबाट लक्ष्मी महर्जनले ३३८ मत पाउनुभएको छ ।

महालक्ष्मी –१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गर्नुभएको जनाइएको छ ।

प्रकाशित मिति:May 15, 2022