पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता गर्न अखिलको आग्रह- नभए देशभर आन्दोलनको चेतावनी

Nepal Cover
१ जेष्ठ २०७९, आईतवार
image

काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले सरकारले गरेको पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध देशभर आन्दोलन गर्न अनेरास्ववियुका मातहतका कमिटीलाई निर्देशन दिएकी छन् ।

सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । सरकारको सोही कदमको विरुद्धमा अनेरास्ववियुले कडा शब्दमा आपत्ति जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फितामात्र नभइ अन्य दैनिक उपभोग्य वस्तु वा पदार्थमा समेत चरम मूल्यवृद्धि हुँदा समेत सरकार कानमा तेल हालेर बसेको भन्दै अध्यक्ष बरालले तत्काल मूल्यवृद्धि फिर्ता तथा नियन्त्रणमा नलिए आन्दोलन गर्ने चेतावनीसमेत दिएकी छन् ।