खेर गयो ओलीले बालकोटमा हालेको मत अध्यक्ष नेपालले हालेको मतको पुरै प्यानल विजयी

  Sampatti News

May 16, 2022

काठमाडौं – भक्तपुर,नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मतदान खेर गएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट निवासी ओलीले बालकोट मतदान केन्द्रबाट मतदान गर्दे एमालेले वडामा सहजै जित्ने दाबि गरेका थिए । तर, उनको त्यो दाबी ३ दिन पनि टिकेन ।

ओलीको वडामा कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रदीप कार्की पुरै प्यानल सहीत निर्वाचित भएका छन्। ओलि को अत्याचार सहन नसकेर पार्टी बिभाजन भएको एकीकृत समाजवादी को कलम चिन्ह मा रौतहट को गौर नपा २ बाट मतदान गर्नुभएका पार्टी अध्यक्षमाधवकुमार नेपालको गृह जिल्ला सदरमुकाम पर्ने नगर पालिका मा अहिले सम्म १,२,३,४ का सबै वडा अध्यक्ष सहित पुरै प्यानल कलम चिन्हले जित हात पारी सकेको छ भने मेयरमा आधा भन्दा बढीले शम्भु साहले नेतृत्व गरेका छ्न।

बार्दली बाट कराएका ओलि ले त्यसै वडा बालकोट बाट मतदान गरेपनि काङ्ग्रेसका प्रदिपले एक हजार ५ सय ११ मत पाएर विजयी हुँदा प्रत्याशि एमालेका विश्वराज भट्टले १ हजार ३ सय ५ मतमात्र पाएर पराजय भोग्न वाध्य भए ।

ओलीको वडामा उत्साहका साथ वडामा सहज जीत निकाल्ने दावी गर्ने एमालेका नेताहरुका सामु वडा सदस्यका उम्मेदवार काग्रेसका जर्नादन खड्का १ हजार ४ सय ७६ र भगत रानाले १ हजार ४ सय २२ मत ल्याएर विजयी भएका छन् ।

उता, काग्रेसका महिला उम्मेदवार कल्पना खतिवडा (दाहाल) १ हजार ५ सय २९ तथा महिला सदस्यमा
रन्जिता तिखत्री १ हजार ५ सय १७ मत पाएर विजयी भएकी छन् ।

आइतबार विहान देखि मत गणना सुरु हुँदानै एमाले नेताहरु निकै उत्साहका साथ विजयी हुने आंकलन गर्दे थिए । त्यसो त, ओलीका ‘छोरा’ भक्तपुर एमालेका नेता महेश बस्नेतले २ नम्बर वडामा कांग्रेसको क्लिनस्पिप हुने भन्दै ट्युट गरेका थिए । बस्नेतलको ट्युट १२ घण्टा पनि टिकेन । गणनाको प्रारम्भिक नतिजामै जीतको हावादारी दावा गर्ने महेशले पनि प्रारम्भिक नजीजामै चित्त बुझाउन वाध्य भए

अहिलेसम्म सूर्य विनायकका वडानंं १ २ को मतगणना सम्पन्न भएको छ । जसमा नगरप्रमुखका उम्मेदवार काग्रेसका निशान ढुंगेलको अग्रता कायम छ । ढुंगेलले ३ हजार १ सय ३१ मत पाउँदा एमालेका नगरप्रमख उम्मेदवार बासुदेव थापाले २ हजार ७ सय ६० मत पाएका छन् । वडा नं ३ को मतगणना जारी रहेको छ ।

(पछिल्लो अपडेट)

गौर नगरपालिका मा ५०८४ मतगणना को मत परिणाम यसप्रकारको छ ?
🖋कलम
मेयर – ३१९०
उपमेयर – २३६९
वाडा अध्याक्ष (4) – ३२०
🚲साइकल
मेयर – १४७६
उपमेयर – १२१४
वाडा अध्याक्ष (4) – १८३
🌳गाछि
मेयर‘ – ११०२
उपमेयर – १५३९
वाडा अध्याक्ष (4) – १२३

रौतहट को गौर नगरपालिका वार्ड न .४ को १८५० मतगणना को मत परिणाम ययप्रकारको छ ?
🖋कलम

मेयर‘ – १५३
उपमेयर – २२९
वाडा अध्याक्ष (4) – ३२०
🚲साइकल
मेयर – १८३
उपमेयर -१५३
वाडा अध्याक्ष (4) – ३२०
🌳गाछि
मेयर‘‘‘‘‘‘‘‘११७
उपमेयर‘‘‘‘‘‘‘१३५
वाडा अध्याक्ष (4) – १२३

प्रकाशित मिति:May 16, 2022