कमला नगरपलिकाको मेयर पदमा विशेश्‍वर यादव निर्वाचित

  Sampatti News

May 19, 2022

काठमाडौं – धनुषाको कमला नगरपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार विशेश्‍वर यादव ३ हजार ८८७ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार पशुपति यादवलाई १ हजार २८ मतान्तरले पराजित गरेका हुन् । पराजित पशुपति यादवले २ हजार ८५९ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिलादेवी मण्डल ३ हजार ८८७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याएकी छन् ।

धनुषाको कमला नगरपालिकामा कूल जनसंख्या ४५ हजार ४७७ रहेको छ भने कुल मतदाता संख्या २५ हजार २६६ रहेको छ । जसमा १३ हजार ५०६ पुरुष र ११हजार७६० महिला रहेका छन् । यस नगरपालिकामा ९ वडा छन् ।

प्रकाशित मिति:May 19, 2022