सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा एमाले: भोलाप्रसाद पोखरेल विजयी

  Sampatti News

May 19, 2022

काठमाडौं – सिरहाको कर्जन्हा नगरपालिका अध्यक्ष मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार भोलाप्रसाद पोखरेल ३ हजार ८३९ मतले विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार केशवप्रसाद साहलाई ६१६ मतान्तरले पराजित गरेका हुन् । पराजित केशवप्रसाद साहले ३ हजार २२३ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार लक्ष्मीकुमारी श्रेष्‍ठ ३ हजार ४८७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार निर्मलाकुमारीदेवी पासवानले ३ हजार ९५ मत ल्याएकी छन् ।

कर्जन्हा नगरपालिकामा कूल जनसंख्या ३८ हजार ९४० रहेको छ भने कुल मतदाता संख्या २० हजार ४६७ रहेको छ । जसमा १० हजार६८५ पुरुष र ९ हजार ७८२ महिला रहेका छन् । यस नगरपालिकामा ११ वडा रहेका छन् ।

सुरेन्द्र

प्रकाशित मिति:May 19, 2022