परिणाम लगत्तै मधेसमा माधब नेपालको पक्षमा नारालाग्यो।

  Sampatti News

May 19, 2022

काठमाडौं – एक्लै चुनावी मैदानमा भिडेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालको गृहजिल्ला रौतहटमा समाजवादिले गौर नपा र राजदेबी नपा मा बिजय हासिल गरेपछि गौरनगरवासीले राष्ट्रिय झण्डा सहित माधब नेपाल जिन्दावादको नारा घन्काउदै नगर परिक्रमा गरे ।

जिल्लाभरको चुनावी परिणाम आए लगतै नव निर्वाचित मेयर शम्भु साहको नेतृत्वमा सबै निर्वाचित जनप्रतिनिधिहरु सामेल ठूलो सख्याको जुलुसले-र्याली गर्दै बिजय उत्सव मनायो ।

गठबन्धन नगरी एक्लाएक्लै चुनावी मैदानमा गएको एकीकृत समाजवादीका उमेदवार हराउन एमाले अध्यक्ष केपि ओली सहित पुर्व मन्त्री प्रभु साहले सानो मेहनत गरेनन तर उनीहरुको केही चलेन ।ओलिको मिसन रौतहट केन्द्रित थियो ।

हेलिकप्टर लिएर गौर पुगेका एमाले अध्यक्ष ओलीले माधब नेपाललाई लक्ष्यित गरि तल्लो स्तरमा गाली गरेका ओलीको त्यो रुखो बोलिका बिरुद्ध गौरवासिले ब्यालेट बाट जवाफ दिदै नेपालका सबै उमेदवारलाई जिताएर देखाइदिए ।

त्यति मात्रै होइन पार्टीमा आफ्नो प्रभाव बढने लोभमा यसैलाई अवसर रुपमा प्रयोग गर्दै प्रभु साहले करोडौंको थैली बोकेर गौरका बासिन्दालाई खरिद गर्न खोजे तर पनि सफल हुन सकेनन यसले पनि अध्यक्ष नेपालको लोकप्रियताको मापन भएको बताइएको छ ।

प्रदेश दुईमा एक्लाएक्लै मैदानमा भिडेको चार ठाउमा एकीकृत समाजवादीले निर्वाचन जितेको छ । गठबन्धन भएका स्थानबाट आएको चुनावी परिणामले एकीकृत समाजवादीका निष्ठावान कार्यकतालाई झस्काएको छ।

प्रकाशित मिति:May 19, 2022