May 20, 2022
काठमाडौं- रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।
मुसीकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का वसन्तकुमार शर्माले ६ हजार ९०१ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का विमलकुमार पुनमगर ६ हजार १४० मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याउनुभयो ।
मुसिकोटामा एमाले र कांग्रेसको तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको थियो । चौध वडामध्ये आठमा माओवादी केन्द्र र ६ वडामा कांग्रेस विजयी भएको छ । यस्तै बाफीकोट गाउँपालिकामा समेत नेपाली कांग्रेस विजयी भएको छ ।
प्रकाशित मिति:May 20, 2022