धनुषाको नगराइन प्रमुखमा कांग्रेस- उपप्रमुखमा एमाले

  Sampatti News

May 20, 2022

काठमाडौं – धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा काँग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले जानकारी दिनुभयो ।

यसैगरी उपप्रमुखमा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति:May 20, 2022