एक नगरपालिकासहित सात गाउँपालिकामा बजेट बृद्धि

  Sampatti News

June 3, 2022

जुम्ला । सङ्घीय सरकारले जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा बजेट बृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँटमा चन्दननाथ नगरपालिकालाई रु ४० करोड ४३ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै कनकासुन्दरी गाउँपालिकालाई ३१ करोड ५५ लाख बजेट आएको गाउँपालिको लेखाशाखाले जनाएको छ ।

गोठीचौर गाउँपालिकालाई रु २० करोड ५२ लाख ,तातोपानी गाउँपालिकालाई रु ३१ करोड पाँच लाख, तिला गाउँपालिकालाई रु ३७ करोड ३७ लाख बजेट प्राप्त गरको छ । यसैगरी जिल्लाको पातारासी गाउँपालिकाले रु ३१ करोड , सिंजा गाउँपालिकाले रु २७ करोड ५१ लाख र हिमा गाउँपालिकाले रु २८ करोड १० लाख समपूरक बजेट प्राप्त गरेको छ ।

यहाँका सात गाउँपालिकामध्ये सबैभन्दा बढी तिला र सबैभन्दा कम गुठीचौर गाउँपालिकालाई संघीय सरकारबाट बजेट आएको छ ।

प्रकाशित मिति:June 3, 2022