नेप्से दोहोरो अंकले घट्यो, लगानीकर्ता मारमा

  Sampatti News

June 3, 2022

काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ३३.७६ अंकले घटेर दुई हजार ७८ दशमलब ७० विन्दुमा पुगेको नेप्सेले जनाएको छ । विहीबार नेप्से १८.२६ अंकले घटेर दुई हजार एक सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो । बुधबार नेप्से ७.२१ अंकले घटेर दुई हजार एक सय ३० दशमलब ७१ विन्दुमा बन्द भएको थियो ।

आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ३० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । विहीबार एक अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज उपकार लघुवित्त कम्पनी र बलेफी हाइड्रो पावरको शेयरमूल्यमा क्रमश १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर बन्द भएका छन् ।

आज किसान लघुवित्त कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८.९५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंक भएको छ । यस कम्पनीको आज ६ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 3, 2022