रोकियो नयाँ मन्त्रीको नियुक्ति र सपथ, भयो यस्तो सहमति

  Sampatti News

June 6, 2022

काठमाडौं । एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ । आइतबार एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरेको थियो । आज सपथ ग्रहणको कार्यक्रम रहेको थियो ।

प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति भएपछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको स्रोतले जनाएको छ ।
स्वास्थ्यमन्त्री खतिवडाले विश्वव्यापी अभ्यास नेपालमा पनि लागु हुने बताएका छन् ।

खतिवडाले भने, “बजेट पारित नहुँदासम्म मन्त्रीहरुको हेरफेर विश्वका कुनै पनि मुलुकमा हुँदैन र हाम्रोमा पनि हुँदैन,” “त्यसैले बजेट पारित नहुँदासम्म केही पनि हुँदैन भनेर बुझ्दा हुन्छ ।”

प्रकाशित मिति:June 6, 2022