नेस्से दोहोरो अंकले घट्यो, एक अर्ब २६ करोडमाथिको कारोबार

  Sampatti News

June 6, 2022

काठमाडौं । आज साताको पहिलो कारोबार दिन सोमबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १५.७७ अंकले घटेर दुई हजार ७८ दशमलब ७० विन्दमा पुगेको छ ।

शुक्रबार ३३‍‍.७६ अंकले घटेर दुई हजार ७८ दशमलब ७० विन्दुमा पुगेको थियो । विहीबार नेप्से १८.२६ अंकले घटेर दुई हजार एक सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो । आज नेप्सेमा एक अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार एक अर्ब ३० करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज उपकार लघुवित्त कम्पनी र बलेफी हाइड्रो पावरको शेयरमूल्यमा क्रमश १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर बन्द भएका छन् ।

आज हिमालयन बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्सका भएको छ । यस कम्पनीको आज ८ करोड २३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।

प्रकाशित मिति:June 6, 2022