लोसपाले बुझायो प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

  Sampatti News Online

June 7, 2022

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ ।

उसले वर्षे बालीको सन्दर्भमा मलखादको व्यवस्था मिलाउन पनि सुझाएको छ । कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:June 7, 2022