उच्च अंकले घट्यो सेयर बजार, कारोबार रकममा भने सुधार

  Sampatti News

June 7, 2022

काठमाडौं । साताको दोस्रो दिन मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.५९ अंकले घटेर २ हजार २० दशमलव २३ बिन्दुमा झरेको नेप्सेले जनाएको छ । बजारमा आज एक अर्ब ३१ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१२६ रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर २०३.९० रुपैयाँ पुगेको नेप्सेले बताएको छ ।

नेप्सेका अनुसार आज हिमालयन बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस बैंकको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार एनआएसी एशिया बैंकको भएको छ । यस बैंकको आज ६ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 7, 2022