तोलामा पाँच सयले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

  Sampatti News

June 9, 2022

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलामा ५०० रूपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजारमा कारोबार भइरहेको संघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुन तोलामा ५०० रूपैयाँले वृद्धि भइ ९७ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रकाशित मिति:June 9, 2022