शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

  Sampatti News

June 9, 2022

काठमाडौं । साताको चौथो दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.५८ अंकले घटेर २ हजार ६२ दशमलव ८६ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । आज बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज एक अर्ब ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ६४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयरमुल्य घटेको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५७२.४० रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर २४६.६० रुपैयाँ पुगेको छ ।

आज समित लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ६ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।

प्रकाशित मिति:June 9, 2022