बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने

  Sampatti News Online

June 12, 2022


वाणिज्य बैंकहरुले आगामी महिना पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्। अहिले ब्याजदर बढाउदा बैंकको लागत मात्रै बढ्ने त्यसले कुनै फाइदा नगर्ने देखिएकोले असार पनि ब्याजदर यथावत राख्ने सहमति भएको हो। पैंसा बढेको छैन्, लागत बढाएर फाइदा गर्दैन भनेर नबढाउने जस्तो कुरा भएका छन् नेपाल बैंकर्स एशोशियसनको अध्यक्ष अनिल उपाध्यले भने त्यसै आधारमा भोली एउटा सहमति गछौ। बैंकहरुले गत फागुन यता नै निक्षेपको ब्याजदर यथावत राख्दै आएका छन्। ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर नबढाउने पक्षमा देखिएका हुन्।अहिले ब्याजदर बढाउने अवस्था नदेखिएकोले यथार्थ बस्ने कुरा भएको उनले बताए।
फागुनदेखि नै बैंकहरुले मुद्दती निक्षेपमा ११।०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्। आगामी महिना पनि बैंकहरुले यही ब्याजदरलाई निरन्तरता दिने भएका हुन्।

बैंकहरुले विगतमा निक्षेपमा बढाएको ब्याजदरले गर्दा उनीहरुको लागत निकै बढेको छ। यसले गर्दा आधार दर बढेर दोहोरो अंक नजिक पुगिसकेको छ। यसको असर बैंकहरुको कर्जाको ब्याजदरमा देखिन्छ। अहिले बैंकहरुको कर्जाको औसत ब्याजदर नै ११।४३ प्रतिशत पुगेको छ।

प्रकाशित मिति:June 12, 2022