सुनको मूल्य उच्च दरले वृद्धि

  Sampatti News Online

June 12, 2022


आइतबार सुनको मूल्य उच्च दर वृद्धि भएका छन् । जेठ २९ गते, सुन मूल्य तोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि महंगिएको छ ।यस दिन छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँ पुगेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा ३०० रुपैयाँले गिरावट भएको थियो । त्यस दिन सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा झरेको थियो ।

साताको पहिलो दिन, चाँदीको भाउ महंगिएको छ । यस दिन चाादी तोलामा १५ रुपैयाँले बढेर प्रतिोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो

प्रकाशित मिति:June 12, 2022