आइजिपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइका लागि इजलास तोकियो

Nepal Cover
३० जेष्ठ २०७९, सोमबार
image

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि इजलास तोकिएको छ । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

रिटको सुनुवाई आज सोमबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा हुने भएको हो ।

यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।