अबदेखि शेयर बजार ६ दिन खुल्ने, शुक्रबार १ बजे बन्द

  Sampatti News Online

June 13, 2022

काठमाडौं । अबदेखि शेयर बजार कारोबार हप्ताको ६ दिन नै सन्चालन हुने भएको छ ।

सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिए ।

उनका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म सेयर कारोबार हुने भएको छ । शुक्रबार भने १ बजे बजार बन्द हुने भएको छ ।

लगानीकर्ताले कारोबार ६ दिन नै सन्चालन गर्न लामो समयदेखि माग गरिरहेका थिए । जेठ अगाडि भने आइतबारदेखि बिहीबारसम्म गरी कारोबार ५ दिन मात्र चल्ने गरेको थियो ।

प्रकाशित मिति:June 13, 2022