नेप्सेमा दोहोरो अंकको पहिराे, ९९ करोड ८६ लाख बराबरको कारोबार

  Sampatti News Online

June 13, 2022

काठमाडौं । नेप्से आज दोहोरो अंकले घटेको छ । आज नेप्से १५.८२ अंकले घटेर दुई हजार ३२ दशमलब ३४ विन्दुमा पुगेको हो । आज नेप्सेमा ९९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १५६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २९८.३० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.७० रुपैयाँ पुगेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था, एनएमबी फिफ्टी, ओरियन्टल होटल्स र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको भएको छ । यस कम्पनीको आज ९ करोड एक लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

प्रकाशित मिति:June 13, 2022