स्वास्थ राज्यमन्त्री वली पक्राउ

  Sampatti News Online

June 14, 2022

दाङ । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले जानकारी दिएका छन् ।

बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘एक घरमा गएर महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौं,’ प्रहरी निरीक्षक स्वारले भने ।’

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:June 14, 2022