नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक सुरू

Nepal Cover
३१ जेष्ठ २०७९, मंगलवार
image

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको हो ।

पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ ।