अध्यक्ष एवं पूर्व प्रधानमन्त्री नेपाल संगठन गर्न अब्बल साबित

  Sampatti News Online

June 15, 2022

काठमाडौ‌ । पूर्व प्रधानमन्त्री माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) गठन भएको ९ महिना पुगेको छ । २०७८ भदौं ९ मा निर्वाचन आयोगले वैधानिकता दिएसँगै नेपालको पार्टी देशब्यापी संगठनात्मक अभियानमा छ । अहिले पनि कतिपय पालिका र वडा तहमा माधव नेपालको पार्टी विस्तार भईसकेको छैन । तर पनि छोटो समयको उहाँको लगाब सहितको मेहनतले पार्टीले चाडैं ठूलो आकार लिने सकेत देखिदै छ । पार्टी प्रतीको आकर्षक पनि बढदो छ ।

तर १५ बर्ष एमालेको नेतृत्व सम्हालिसकेका माधव नेपाल सुक्ष्मरुपमा पार्टी संगठन विस्तार अभियानमा लाग्छन् भन्ने नेकपा एकीकृत समाजवादीले ९ महिनामा निर्माण गरेको संगठनले पनि देखाउँछ ।

एकीकृत समाजवादीले पार्टी गठनको यो छोटो अवधीमै स्थानीय तहको चुनावको सामना गरिसकेको छ । गत बैशाख ३० को स्थानीय तह चुनावमा एक महानगरपालिका, एक उपमहानगरपालिका प्रमुख सहित २० पालिका प्रमुख वा अध्यक्ष, २३ पालिकामा उपप्रमुख वा उपाध्यक्ष, १९० वडा अध्यक्ष, १८४ महिला सदस्य, १८० दलित सदस्य र ३८९ खुल्ला सदस्य गरी ९८६ जना जनप्रतिनिधीका रुपमा विजयी गराउन सफल भएको छ ।

नेपालको पार्टीले नयाँ पार्टी, नयाँ चुनाव चिन्ह लिएर एमालेसँगको पार्टी विभाजन पछिको पहिलो चुनाव सामना गरेको थियो । एकीकृत समाजवादीले देशब्यापी संगठन निर्माण अभियान जारी राखेको छ । वाँकी पालिका र वडा कमिटि आगामी साउन मसान्तसम्ममा पूर्णता दिईसक्ने लक्ष्य उसले राखेको छ ।

पार्टीको स्थायी समिति बैठकमा मंगलबार अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमा अहिलेसम्म निर्माण भएका संगठनात्मक अवस्थाको फेहरिस्त उल्लेख गरिएको छ ।

कुन कमिटिमा कति संगठित ?
१. केन्द्रीय तहमा
केन्द्रीय कमिटि सदस्य : ३६८
केन्द्रीय आयोग सदस्य : १०७
केन्द्रीय सल्लाहकार परिषद् सदस्य : १५७
केन्द्रीय जेष्ठ मञ्च सदस्य : ३८
केन्द्रीय परिषद् सदस्य : ११३
केन्द्रीय विभाग : ७५५

केन्द्रीय तहमा जम्मा : १५८३

२. प्रदेश कमिटि
प्रदेश १ : २४४
मधेस प्रदेश : १६८
बागमती : २१७
गण्डकी : १३९
लुम्बिनी : १६५
कर्णाली : १७०
सुदुरपश्चिम प्रदेश : १७३
उपत्यका विशेष प्रदेश : ५६
सम्पर्क विशेष प्रदेश : ६३
प्रवाश विशेष प्रदेश : ४१
प्रदेश कमिटिमा जम्मा : १४१६

३. जिल्ला कमिटि
प्रदेश १ (१४ जिल्ला) मा १९१६
मधेस प्रदेश (८ जिल्ला) मा १६७३
बागमति प्रदेश (१३ जिल्ला) मा २२७०
गण्डकी (११ जिल्ला) मा १०२२
लुम्बिनी –
कर्णाली (१० जिल्ला) १५२६
सुदुरपश्चिम प्रदेश (९ जिल्ल)मा १४३५

जिल्ला कमिटिमा जम्मा स् ९,८४२ (यसमा लुम्बिनी प्रदेश अन्र्तगतका जिल्ला कमिटिको जोडिएको छैन)

४० पालिका कमिटि
प्रदेश १ का ९७ पालिकामा संगठन बनेको छ । त्यहाँ ४५४५ जना संगठित छन् ।
मधेस प्रदेशका ७२ पालिकामा संगठन बनेको छ । त्यहाँ ४४८२ जना संगठित छन् ।
बागमती प्रदेशका ९५ पालिकामा संगठन बनेको छ । त्यहाँ ५२३४ जना संगठित भएका छन् ।
गण्डकी प्रदेशका ५६ पालिकामा संगठन बनेको छ । त्यहाँ १७१७ जना संगठित भएका छन् ।
कर्णाली प्रदेशमा ७२ पालिकामा संगठन बनेको छ । त्यहाँ ३९०६ जना संगठित भएका छन् ।

सुदुरपश्चिम प्रदेशमा ८८ पालिकामा संगठन बनेको छ । त्यहाँ ३६२९ जना संगठित भएका छन् ।

पालिका कमिटिमा जम्मा : २३,५१३

पालिका कमिटिमा संगठित यो संख्यामा लुम्बिनी प्रदेशको पालिकाहरुको जोडिएको छैन । एकीकृत समाजवादीले अझै प्रदेश १ का ४० पालिका, मधेस प्रदेशको ६४ पालिका, बागमति प्रदेशको २४ पालिका, गण्डकी प्रदेशको ३० पालिका, कर्णाली प्रदेशको ७ पालिका र सुदुरपश्चिम प्रदेशको १४ पालिकामा संगठन अझै बनाउन बाँकी नै छ । त्यहाँ उसको संगठन बनिसकेको छैन ।

५. वडा कमिटि
प्रदेश १ को ४५१ वडामा कमिटि बनेको छ । ति वडाहरुमा कुलमा १५,५५८ जना संगठित छन् ।
मधेस प्रदेशको ६०० वडामा वडा कमिटि बनेको छ । ति वडाहरुमा कुलमा १७,५२७ जना संगठित छन् ।
बागमति प्रदेशको ७७८ वडामा कमिटि बनेको छ । यधपी कुलमा कति संख्याका कार्यकर्ता संगठित भएका छन् भन्ने तथ्यांक केन्द्रीय कार्यालयमा आउने क्रममै रहेकोले यसमा संख्या नखुलाइएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
गण्डकी प्रदेशको २७१ वडामा कमिटि बनेको छ । ति वडाहरुमा कुलमा ६,६२४ जना संगठित छन् ।
कर्णाली प्रदेशको ५०४ वडामा कमिटि बनेको छ । ति वडाहरुमा कुलमा १२, ९२५ जना संगठित छन् ।
सुदुरपश्चिम प्रदेशको ४३६ वडामा कमिटि बनेको छ । ति वडाहरुमा कुलमा ४,९९६ जना संगठित छन् ।

वडा कमिटिहरुमा जम्मा स् ५७,६३० (यसमा लुम्बिनी प्रदेशको र बागमति प्रदेशको सदस्यको संख्या जोडिएको छैन)

अझै वडामा प्रदेश १ का ७०६, मधेसको ६७०, बागमतिको ३४२, गण्डकीको ४९२, कर्णालीको २१४ र सुदुरपश्चिमको २१४ वडामा कमिटि बनेको छैन । एकीकृत समाजवादीले साउन मसान्तभित्र नबनेका वडा र पालिका तहमा पनि संगठन बनाईसक्ने जनाएको छ ।

केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहसम्ममा गरी अहिलेसम्म नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशको जिल्ला, पालिका र वडा कमिटिमा संगठितहरु बाहेक देशैभर ९३,९८४ जना संगठित गरिसकेका छन् ।

प्रकाशित मिति:June 15, 2022