रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकममा भने सुधार

  Sampatti News Online

June 15, 2022

काठमाडौं । नेप्से बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.८९ अंकले घटेर एक हजार ९ सय ६६ दशमलब ३७ विन्दुमा झरेको हो । आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज नेप्सेमा एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९३.२० रुपैयाँ पुगेको छ भने सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४२०.४० रुपैयाँ पुगेको छ ।

बलेफी हाइड्रोपावर कम्पनी र लाइफ इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड ५१ लाख भन्दा बढीको कारोबार भएको नेस्सेले जानकारी दिएको छ ।

प्रकाशित मिति:June 15, 2022