स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन

  Sampatti News

June 15, 2022

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।

बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन गरेको हो ।

यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।

बुधबार बसेको मन्त्रीपरिषद्को वैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाइएको छ ।

हिजो बिहान वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेकी मन्त्री विमलाले एकराजसँग विशेष कामले भेट्ने भन्दै उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् । एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन् ।

प्रकाशित मिति:June 15, 2022