यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १९ निर्णय (निर्णयसहित)

  Sampatti News Online

June 16, 2022

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको दुई पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

गएको जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै आज सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने करिब ३६ करोड ६२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ ।

३१ गतेको मन्त्रिपरिषद् बैठकले यीसहित विभिन्न १९ निर्णय गरेको छ ।

https://drive.google.com/file/d/1yB2rgRhr6pBp73bm13w_KgyHT5cZPlgC/preview

प्रकाशित मिति:June 16, 2022